• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाई नगरपालिकाको बजेट १ अर्ब ३४ करोड ७६ हजार, सिन्धुलीगढीको विकासका लागि एक करोड बजेट

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार १०, २०७९
in Featured, News, Province 3
0

Share via:

65 Shares
  • Facebook 65
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० का लागि १ अर्ब ३४ करोड ७६ हजार बजेट बिनियोजन गरेको छ । शुक्रबार कमलामाई नगरपालिकाको ११ औं नगरसभामा नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले उक्त बजेट प्रस्तुत गरिन ।

उनले विभिन्न शिर्षकको बजेट विनियोजन गर्दा ऐतिहासिक सिन्धुलीगढीको विकासका लागि समेत बजेट विनियोजन गरेको छ । जसका लागि नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको हो । नगरको विभिन्न वडागत विकासात्मक आयोजना तथा कार्यक्रमहरुका लागि १५ करोड, नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले सडक वोर्ड लगायत विभिन्न संस्थासँग गरिने लागत साझेदारीका लागि ६० लाख विनियोजन गरेको छ । नगरपालिकाको संचालन तथा प्रशासनिक कार्यको लागि २३ करोड ६४ लाख बजेट विनियोजन गरिएको छ ।

माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धी गर्दै सम्पूर्ण शैक्षिक गतिविधिलाई प्रभावकारी र परिणाममुखी बनाउन नगरपालिकाले आफूले विनियोजन गर्ने बजेटबाट रु. ४ करोड ५० लाख विनियोजन गरिएको हो ।

त्यस्तै नगर क्षेत्रभित्र कृषिको उत्पादन अभिवृद्धी गर्न विभिन्न क्रियाकलापहरु संचालनका लागि आफूले विनियोजन गर्ने बजेटबाट रु. १ करोड ,भौगोलिक रुपमा विविधतापूर्ण रहेको कमलामाई नगरक्षेत्रभित्र विभिन्न पशुपालन व्यावसाय रहेका छन् । यीनिहरुको उत्पादन क्षमता र नश्लिय सुधारका कार्यक्रमहरु र पशुपालक किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु संचालन गर्न १ करोड १० लाख विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिकाले ८० लाख, फोहोर मैला व्यवस्थापन र वातावरण संरक्षणमा ५० लाख, व्यवस्थित शहरीकरणका लागि भवन र वस्ती विकासका कार्यक्रम सञ्चालन गर्न १० लाख, नगर क्षेत्रभित्र व्यापार व्यवसाय र उद्योगहरुको स्थापना, प्रवर्दन गर्नका लागि ९ लाख रुपैंया विनियोजन गरिएको छ ।

विभिन्न पछाडि परेका एवं पारिएका जाति, वर्ग, लिंङ्ग एव त्यस प्रकारका लक्षित व्यक्ति एवं समुहलाई मुलधारमा ल्याई विकास गर्ने कार्यका लागि लक्षित वर्ग तथा महिला सशक्तिकरणको कार्यक्रमका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । यस्तै न्यायीक समितिका लागि १५ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।

यस्तै सहकारीका लागि ९ लाख, नगरपालिकाको आयलाई बढोत्तरी एवं सुद्धिढीकरण गर्ने विभिन्न राजश्व सम्बन्धी कार्यहरुका लागि. ७ लाख र नगपालिकाको वित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण, लेखा अनुगमन, नगरको नीति, कार्यक्रम र बजेट सम्बन्धी किताव प्रकाशन लगायत विभिन्न वित्तीय तालिम कार्यक्रमहरु संचालनका लागि ७ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी नगरपालिकाले योजना तथा पूर्वाधारको सम्बन्धमा गर्नुपर्ने आवश्यकीय चालु कार्यको लागि १० लाख, सामाजिक सुरक्षा भत्ता र पञ्जिकरण कार्यलाई व्यवस्थित गर्न ११ लाख विनियोजन गरिएको छ ।
यस्तै नगरपालिकाको सूचना र प्रविधिको विकासको लागि नगरपालिकाले ४३ लाख विनियोजन गरेको छ ।
नगरपालिकाको प्रशासनलाई सुद्धिढीकरणका लागि ४ लाख, आन्तरिक लेखा परीक्षणका सम्बन्धमा अभिमुखीकरण, अनुगमन लगायतका कार्यक्रमहरुका लागि ४ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित र परिणाममुखी बनाउन १५ लाख रकम विनियोजन भएको देवकोटाले बताईन ।
संघीय सरकारबाट विभिन्न आयोजनाहरुका लागि विशेष अनुदान स्वरुप प्राप्त ३ करोड ५० लाख सम्बन्धित आयोजनामा खर्च हुने गरी विनियोजन गरिएको देवकोटाले जानकारी दिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नगरपालिकाले संघीय सरकारबाट प्राप्त सर्शत अनुदान ५० करोड ९२ लाख, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान २ करोड ६२ लाख ७६ हजार तोकिएको क्षेत्र र शीर्षकमा खर्च गर्ने गरी विनियोजन गरेको छ ।

नगरपालिकाले निर्माण गरिरहेको सीटी हलका लागि नगर विकास कोषको ऋण सहित ८ करोड ३३ लाख विनियोजन गरिएको छ । पेशा, व्यावसाय गर्न चाहने युवाहरुलाई विना धितो, विना व्याजको ऋण कार्यक्रमलाई निरन्तरता दिदै नगर युवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिदैं १ करोड बजेट विनियोजन गरेको छ ।

विकास निर्माण कार्यलाई व्यवस्थित रुपमा लैजान गर्नुपर्ने पूँजिगत अनुसन्धानको कार्यलाई ८० लाख, नगरक्षेत्रको शान्ति, सुरक्षालाई ध्यान दिदै नगरका विभिन्न क्षेत्रमा सोलार सिस्टम र सीसी क्यामरा जडानका लागि ६० लाख, नगरका विभिन्न फुटकर योजनाहरुको लागि २ करोड र नीति तथा कार्यक्रम अनुसारका प्राथामिकताका कार्यक्रमहरुका लागि २ करोड रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रमा भलिवल, फुटवल, क्रिकेट, व्याडमिन्टन लगायतका विभिन्न खेलहरुको विकास, वडाहरुलाई प्रतिस्पर्धात्मक खेलकुदमा सहभागीता अभिवृद्धी गर्न ३५ लाख बजेट विनियोजन गरिएको छ ।

नगर क्षेत्रभित्र रहेको ऐलानी तथा अव्यवस्थित जग्गाको अभिलेखीकरण र भूमिहिन एवं सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण सम्बन्धी विभिन्न कार्यक्रमहरुका लागि २५ लाख रकम छुट्टाईएको छ ।
यस्तै नगरपालिकाले आफु मातहतमा नियुक्त भएका कर्मचारीको तलबमान समेत बढाएको छ । नगरपालिका मातहतका कर्मचारी, शिक्षक र नगर प्रहरीको तलब १५ प्रतिशत वृद्धि गरिएको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दाहसंस्कारमा आवश्यक दाउरा निःशुल्क गरिने

Next Post

पूर्वमन्त्री सवार पँजेरो सिन्धुलीको चन्दनपुरमा दुर्घटना, चार जना घाईते

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied