सिन्धुली । कमलामाई नगरपालिकाले शवको दाह संस्कारमा लाग्ने दाउरा निःशुल्क गर्ने भएको छ ।
नगरपालिका भित्रका शव दाह गर्ने घाटहरुको व्यवस्थापन गर्ने पनि नगरपालिकाले कार्यक्रम बनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरपालिकाले उक्त कार्यक्रम ल्याएको हो ।
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम ल्याइएको हो । साउनदेखि लागु हुने गरि नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित समेत भएको छ ।




















