सिन्धुली । कमलामाई नगरपालिकाले नगर क्षेत्र भित्रका दीर्घ रोगीहरुलाई घर घरमै पुगेर स्वास्थ्य जाँच गर्ने भएको छ ।
जेष्ठ नागरिक र दिर्घरोगीलाई आगामी आर्थिक वर्षबाट घरमै पुगेर स्वास्थ्य जाँच गरिने व्यवस्था मिलाईएको कमलामाई नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
११ औं नगरसभामा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरका सबै स्वास्थ्य संस्थामा सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउने, सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था, अपांगता भएका, असहाय, ज्याला मजदुरी गर्ने नगरका नागरिकलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिएको छ ।




















