सिन्धुली । प्रेस चौतारी नेपाल सिन्धुलीको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विनय दाहालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा उद्धव श्रेष्ठ, महिला उपाध्यक्षमा उर्मिला भट्टराई, सचिवमा रविन्द्र भट्टराई, सहसचिवमा अञ्जन राना, समावेशी सहसचिवमा बोध बहादुर किङरिङ र कोषाध्यक्षमा बलविर भुजेल चयन भएका छन ।
सर्वसम्मत चयन भएको कार्यसमितिको सदस्यमा पोष्टराज भण्डारी, कृञ्जला पुलामी, बरुण घिमिरे, सुनिता दर्नाल, दिपक रम्तेल, नवराज दाहाल, केआर विजय, टिएन घिमिरे, सपना भण्डारी, जिवी श्रेष्ठ, श्रीमान थिङ, कञ्चन पहाडी चयन भएका छन ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बिमला पाण्डे, बुद्धकुमार अछामी र प्रेमनाथ मैनालीलाई चयन गरिएको छ । त्यसैगरि प्रदेश अधिवेशन प्रतिनिधिमा नविनबाबु अधिकारी, उर्मिला भट्राई, कृञ्जला पुलामी र उद्धव श्रेष्ठ चयन भएका छन ।




















