सिन्धुली । विना इजाजत चलेको क्रसरबाट नदीजन्य सामग्री बोक्ने दुई वटा टिफरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।
सुनकोशी गाउँपालिका वडा नं. ६ चैनपुरमा रहेको सुनकोशी स्टोन इन्डस्ट्रिज प्रा.लिबाट गिट्टी लोड गरि गोलञ्जोर गाउँपालिका १ डुँडभञ्ज्याङ जाने क्रममा गोलञ्जोर ७ खुर्कोटमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त कम्पनीले विना इजाजत क्रसिङ गरेको गिट्टी लाँदै गरेको वा५ख४९१५ र वा५ख४८७५ नं.को टिफर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै उक्त टिफरका चालक सुनकोशी गाउँपालिका ६ खाल्टेका भुपाल राई र सुनकोशी गाउँपालिका ५ भोटेखोला बस्ने सन्तोष थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै टिफर र चालकलाई आइतबार नै आवश्यक कारवाहिका लागि भन्सार कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी मनोज लामाले बताए ।




















