सिन्धुली । जिल्लामा एकैदिन २ सय १२ जनाले कोरोना जितेका छन । कोभिड १९ को संक्रमणको दोस्रो चरणमा कोरोना संक्रमित भएका मध्ये आइतबार सबैभन्दा धेरै जना कोरोना निको भएका हुन ।
जिल्लाभरका ६९ महिला र १ सय ४३ जना पुरुषले कोरोना जितेको स्वास्थ्य कार्यालय सिन्धुलीको दैनिक प्रतिवेदन मार्फत जनाईएको छ ।
डिस्चार्ज हुने अधिकांश होम आइसोलेसनमा बसेका रहेका छन । यो सँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ सय पुगेको छ । चारदिन अघि जिल्लामा १ सय ३३ जनाले कोरोना जितेका थिए ।
यसैबीच हालसम्म जिल्लामा १ हजार ९ सय ४१ जना संक्रमित भएका छन भने ३० जनाले ज्यान गुमाई सकेका छन । एक हजार २ सय ११ जना आइसोलेसनमा उपचाररत छन ।





















