सिन्धुली । वितेको २४ घण्टामा सिन्धुलीको अस्पतालमा ३ जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका १४ की ५५ वर्षिय महिलाको सोमबार निधन भएको थियो भने मंगलबार विहानै २ जनाको मृत्यु भएको छ ।
कोभिड अस्पतालले जनाए अनुसार कमलामाई नगरपालिका वडा नं. ४ की ७८ वर्षिय चेतकुमारी देवकोटा र सर्लाहिको लालबन्दी नगरपालिकाका ५७ वर्षिय सरोज बरालको उपचारका क्रममा मृत्यु भएको हो ।
बराललाई भेन्टिलेटरमा राखि उपचार गरिएको थियो भने अन्य २ जना महिलालाई हाईफ्लो अक्सिजन दिएर उपचार गरिएको थियो । यो सँगै सिन्धुलीमा कोभिड १९ दोस्रो भेरियन्टका कारण १७ जनाले ज्यान गुमाएका छन ।
हालसम्म सिन्धुलीमा एन्टीजेन विधिबाट गरिएको परिक्षणमा १० जना र पिसिआर गरिएका मध्ये १ हजार ४२ जना गरि १ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मध्ये संस्थागत आइसोलेसनमा २९ जना र होम आइसोलेसनमा ८ सय ७९ जना रहेका छन । जिल्लामा हालसम्म १ सय ३४ जनाले कोरोना जितेका छन ।




















