सिन्धुली । भ्याट छली गरि काठमान्डौ लादै गरेको कपडा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मंगलबार सिन्धुलीको मरिणबाट काठमान्डौ जाँदै गरेको ना५ख ७३४३ नम्बरको यात्रुबाहक बसमा लाँदै गरेको ७ लाख १६ हजार २० रुपैंया बराबरको कपडा बरामद गरेको हो ।

बसका चालक घ्याङलेख गाउँपालिका वडा नं. २ का ३८ वर्षिय धन बहादुर स्याङतान र सहचालक कमलामाई नगरपालिका वडा नं. ८ का ३२ वर्षिय राजकुमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।
दुम्जा प्रहरी चौकीले चेकजाँचका क्रममा भ्याट विल विना लगिएका कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए ।
उनका अनुसार प्रहरीले बरामद गरिएका कपडा, बस, बसका चालक सहचालकलाई आवश्यक कारवाहिका लागि भन्सार कार्यालय जनकपुर पठाएको छ ।




















