सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीको १५ औं साधारणसभा तथा ११ औं अधिवेशन विहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशन उद्घाटनका अवसरमा नेपाल पत्रकार महासंघका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ ।
जिल्लामा जन्मिएर नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष बन्नु भएका हरिहर विरही, सुरेश आचार्य सहित जिल्लाका अग्रज पत्रकारलाई समेत सम्मान गरिएको हो ।
महासंघका केन्द्रीय सदस्य द्धारिका काफ्ले, प्रदेश सचिव राजन गाउँले, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्षहरु शेषराज दाहाल, लिलानाथ घिमिरे, गणेश काफ्ले, शंकर सौगात, राजकुमार कार्की, सञ्जय दाहाल, श्यामहरि अधिकारी, मिनकुमार दाहाल रहेका छन ।
यस्तै नेपाल आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, फोनिजका बाग्मति प्रदेश उपाध्यक्ष अञ्जु डिम्दोङ, अकोरावका केन्द्रीय सदस्य टिकाजंग थापा, अकोरावका बाग्मति प्रदेश अध्यक्ष कृष्णहरि घिमिरेलाई सम्मान गरिएको छ ।
यस्तै समाजसेवी तथा एसिड पीडितका अभियन्ता उज्जल विक्रम थापालाई उहाँको समाजसेवाको कदर गर्दै उक्त अवसरमा सम्मान गरिएको छ ।
यसैगरि साधारणसभामा पत्रकार महासंघ सिन्धुलीको संस्थागत विकासमा सहयोग गर्ने कमलामाई नगरपालिका सिन्धुली, सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली, नेपाल रेडक्रस सोसाईटी सिन्धुली, प्याब्सन सिन्धुली र मकवानपुरका पत्रकार गिरिजा अधिकारीलाई कदर पत्रले सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार महासंघको साधारणसभाको उद्घाटन गर्दै महासंघ लोकतन्त्र र श्रमजीवि पत्रकारको पक्षमा निरन्तर लड्ने बताएका छन ।























