सिन्धुली । तिनपाटन गाउँपालिकाको झँुगामा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मंगलबार विहान ११ बजे तिनपाटन गाउँपालिका १ झुगाडाँडा घर भएका ५५ वर्षिय पूर्ण बहादुर राईका मगरको घाँस काट्ने क्रममा सालको रुखबाट लडेर मृत्यु भएको हो । उनी घाँस काट्न स्थानीय बान्द्रेगैराको शिरमा गएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीका अनुसार मगरको रुखबाट करिब १ सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी पुगिसकेको उनले बताएका छन ।





















