सिन्धुली । नेपाल घरेलु तथा साना उद्योग महासंघ सिन्धुलीको अध्यक्षमा पुनः भिष्मराज श्रेष्ठ चयन भएका छन । शनिबार सिन्धुलीमाढीमा सम्पन्न महासंघको १० औ जिल्ला अधिबेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।
सिन्धुलीमाढीमा महासंघको साधारणसभा गरिएको थियो भने जिल्ला महिला उद्यमी सम्मेलन समेत गरिएको थियो ।
अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष टलक बहादुर श्रेष्ठ, उपाध्यक्ष निर्मल रम्तेल, बद्रीकुमार श्रेष्ठ, महासचिव अर्जुन दाहाल र कोषाध्यक्ष कुल बहादुर थापा चयन भएका छन ।
यस्तै जिल्ला महिला उद्यमी समितिको अध्यक्षमा राधा खड्का चयन भएकी छिन । खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएको हो । जसको वरिष्ठ उपाध्यक्ष उषा श्रेष्ठ, उपाध्यक्ष बेनु बस्नेत, महासचिव कुसुम श्रेष्ठ र कोषाध्यक्ष बिमला थापा चयन भएका छन ।





















