सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिन्धुलीमाढीमा रहेको पार्टी कार्यालयमा केपी ओली पक्षका युवा विद्यार्थीले ताला लगाएका छन । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीका सह–संयोजक देवराज वाइवा, अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलको नेतृत्वको टोलीले ताला लगाएको हो ।
तत्कालिन नेकपा एमालेको कार्यालय समेत रहेको उक्त भवन केपी ओली नेतृत्वको नेकपाको भएको भन्दै उनीहरुले ताला लगाएका हुन ।
राष्ट्रपतिले ओलीको नेतृत्वमा रहेको सरकारको सिफारिसमा संसद विघटन गरि निर्वाचन घोषणा गरेपछि ुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल पार्टीबाट अलग भई छुट्टै अध्यक्ष बनाएर गएको र उक्त कार्यालय नेकपाको भएकाले ओली पक्षको भएको सहसंयोजक वाईवाले बताए ।
उनीहरुले नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व उद्योग मन्त्री महेश बस्नेतको उपस्थितिमा कार्यालयमा ताला लगाएका हुन ।





















