सिन्धुली । सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले डा. गोविन्द के.सीको अनसन तथा मागको समर्थनमा दीप प्रज्वलन गरेका छन । उनीहरुले सरकारले गोविन्द के.सीका जायज मागको सम्बोधन नगरेको प्रति दुःख समेत व्यक्त गरेका छन ।

उनीहरुले गोविन्द के.सीको जीवन रक्षाको समेत माग गरेका छन ।
सत्याग्रहको २३ औं दिनसम्म पनि सरकारले वेवास्ता गरेकोमा चिकित्सकहरु दुःखी भएको अस्पतालका डा. प्रसन्नजंग राजभण्डारीले बताए ।
उनले गोविन्द केसीका माग सिंगो चिकित्सा क्षेत्रको माग भएकाले सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।






















