सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले लकडाउन थप गरेको छ । नगरपालिकाले भदौ १५ गतेसम्मका लागि लकडाउन थप गर्नुका साथै पसल खोल्ने समय समेत निर्धारण गरेको जनाएको छ ।

यस्तै डेरी उद्योगलाई भने बेलुकी ४ बजेदेखि ७ बजेसम्म पनि खोल्न दिईने भएको छ । यस्तै औषधि पसल भने बन्द गर्नुपर्ने छैन ।
यस्तै लकडाउनका अवधिमा चलेका मोटरसाईकल लगाएत हलुका सवारी साधन चल्न समेत नगरपालिकाले रोक लगाएको छ ।
कोरोना संक्रमण बढीरहेको र संक्रमण समुदायमा नफैलियोस भन्ने उद्देश्यले लकडाउनलाई कडाई गर्ने निर्णय गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।




















