सिन्धुली । घरेलु मदिरा बनाउने कच्चा पदार्थ मर्चा प्रहरीले सोमबार कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा रहेको चेकप्वाइन्टमा बरामद गरेको छ ।
विहान ५ बजे कमलामाई नगरपालिका वडा नं. ९ को चुरेबाट कमलामाई नगरपालिका वडा नं. २ चियावारी तर्फ लाँदै गरेको मर्चा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले चेकजाँचका क्रममा ३ क्रेट मर्चा बरामद गरेको हो । कनपा ९ चुरेका लालबहादुर मोक्तानले मर्चा वा४च६२११ नम्बरको मारुती भ्यानमा चियावारी तर्फ लाँदै गर्दा फेला पारेको बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नावय उपरिक्षक श्याम बहादुर खत्रीले बताए ।
उनका अनुसार उक्त मर्चा प्रहरीले सोमबार नै नष्ट गरेको छ ।





















