सिन्धुली । आईसोलेसन भवन निर्माणका लागी कमलामाई नगरपालिकाले तीन लाख सहयोग गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा निर्माणाधिन भवनका लागि उक्त रकम सहयोग गरिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।
आइतबार नगर प्रमुख खड्ग बहादुर खत्रीले निर्माण समितिका संयोजक अशोक श्रेष्ठ, सचिव उद्धव दाहाल र कोषाध्यक्ष मेनुका तिमल्सिनालाई तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन ।

नगर प्रमुख खत्रीले आईसोलेसन निर्माणमा आबश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
उक्त आइसोलेसन निर्माणको लागि बाग्मती प्रदेश सरकारले ९७ लाख रुपैया विनियोजन गरेकोे छ । अपुग रकम स्थानीय तह, संघसंस्था, समाजसेवी र व्यक्तिगत सहयोग मागेर पुरा गरिने निर्माण समितिले जनाएको छ । भवन निर्माणका लागि सुनकोशी गाउँपालिकाले गिट्टी, बालुवा सहयोग गरेको छ ।
उक्त भवन निर्माणका लागि इन्जियर्स फोरम सिन्धुलीले लागत स्टमेट, नक्सांकनका साथै निःशुल्क प्राविधिक सेवा दिएको छ । भवन निर्माणका लागि ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।




















