सिन्धुली । देशभर कोरोना संक्रमण बढी रहेका बेला सिन्धुलीमा भने प्रहरी र समुदाय मिलेर नागरिकसँग मास्क खै ? भनि प्रश्न गरिरहेका छन । शुक्रबार पनि दुरी कायम गर्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, सुरक्षा निकायका प्रमुखहरु, उद्योण वाणिज्य संघ लगाएतका संघसंस्थाका प्रतिनिधिहरु मिलेर ¥याली सहित सिन्धुलीमाढी बजारमा हिड्ने नागरिक, व्यवसायी सवारी चालक लगाएतसँग मास्कको खोजी गरियो ।
बजारका सहायक मार्गमा पुगेर समेत मास्क वितरण गरि मास्क लगाउन सचेत गराईएको छ । नागरिकले दुरी कायम गर्न, मास्कको प्रयोग गर्न अटेर गरेकाले यस्तो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
विहान ८ बजेदेखि साढे ९ बजेसम्म बजारमा यसरी नै मास्क खोजी गरियो र मास्क नलगाउनेहरुलाई २ हजार थान मास्क वितरण समेत गरियो । उक्त कार्यक्रमको आयोजना जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गरेको थियो भने सहकार्य उद्योण वाणिज्य संघ सिन्धुलीले गरेको थियो ।
आफ्नै सुरक्षाका लागि मास्क लगाउन अनुरोध गर्दा पनि नागरिक, सवारी चालक र व्यवसायीले अटेर गरिरहेकाले सचेत गराउन ¥यालीको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रञ्जु सिग्देलले बताईन ।




















