सिन्धुली । ट्रान्परेन्सी इन्टरनेशनलका सिन्धुली जिल्ला अधिकृत गंगा घिमिरेले भुकम्पको पुनःनिर्माणमा गुनासो आउने क्रम जारी नै रहेको बताएकी छिन । भुकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत पत्रकारहरुसँग अन्तत्र्रिmया गर्दै उनले भुकम्पको पुनःनिर्माणको गुनासो नसकिएको बताएकी हुन ।

उनका अनुसार ट्रान्परेन्सी इन्टरनेशनलमा आउने गुनासोमा लामो समय सम्म नीजि आवास पुनःनिर्माणको किस्ता नपाएको, घर पूर्ण क्षती भएर पनि लाभग्राही सूचिमा नपरेको, ऐलानी जग्गाका कारण घर बनाउन नपाएको, प्रवलिकरणमा परेका लाभग्राहि पूर्ण क्षतिमा जान खोजेको तर नपाएको, जग्गा जोखिममा भएकाले अन्यत्र घर बनाउन चाहेको, पारिवारीक समस्या, संयुक्त नामको जग्गा हुदा समस्या भएको, बैंकले सिफारिस भईसकेको किस्ता समयमा खातामा नहालेको, भुकम्पको सहुलियत ऋण नपाएको लगाएतका गुनासो आएको घिमिरेले जानकारी दिईन ।
उनले सिन्धुलीमा भुकम्पपीडितको नाममा जग्गा नहुनु, अंशवन्डाका समस्या, कम क्षेत्रफलको जमिन, बाटोको मापदण्डले समस्या परेको, पुनःनिर्माणको मापदण्ड तय नहुदै बनेका घरले किस्ता नपाएको, नक्सापास र अभिलेखिकरणको समस्या, आर्थिक अवस्था कमजोर हुनु, सम्पदाको निर्माण कार्य हुन नसक्नु लगाएतका समस्या रहेको बताईन । पुनःनिर्माणमा शिक्षा, नीजि आवास लगाएतको प्रगतिका बारेमा समेत पुनःनिर्माणका सरोकारवाला कार्यालयका प्रतिनिधिहरुले जानकारी समेत गराएका थिए ।




















