सिन्धुली । जिल्लाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका–७ का २५ वर्षिय पुरुष, कमलामाई नगरपालिका १४ का ३० वर्षिय पुरुष र दुधौली नगरपालिका वडा नं. ८ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित ३ जनालाई नै सिन्धुली अस्पतालको आईसोलेसनमा ल्याई भर्ना गरि सकिएको सिन्धुली अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीका अनुसार ३ नै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
तीन जना संक्रमित थपिएसँगै सिन्धुलीमा हालसम्म ७ जनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुली ठेगाना भई सिन्धुली बाहिर संक्रमण देखिएका थप ३ जना रहेका छन । यो सँगै सिन्धुलीका १० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएका ७ जना संक्रमित मध्ये ३ जनाले कोरोना जितेर घर फर्किसकेका छन ।




















