सिन्धुली । सुनकोशी गाउँपालिकाबाट आइतबार २२ जनाको पिसिआर विधिबाट कोरोना भाइरस परिक्षणका लागि २२ जनाको नमुना संकलन गरि पठाईएको छ ।

आइतबार गाउँपालिका कार्यालय र स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा झाँगाझोली रातामाटामा क्वारेन्टाईनमा रहेका व्यक्तिहरु, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्था, सरकारी निकाय लगाएतमा अग्रपंक्तिमा काम गर्ने गरि २२ जनाको स्वाव संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।
उनीहरुको स्वाव नमुना परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाईएको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताईन । पालिकाले भिटिएम किट्स खरिद गरि स्वाव संकलन गरेको हो ।




















