सिन्धुली । सिन्धुली अस्पताल अब एक सय शैयाको हुने भएको छ । बाग्मति सरकारको मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा सिन्धुली अस्पताल एकसय शैयाको सेवा दिने गरि व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
प्रदेश सरकार अन्तर्गतको उक्त अस्पतालमा हाल ५१ वेड सञ्चालनमा रहेको छ । अस्पतालमा विशेषज्ञ तथा प्राविधिक सेवा सहितको सेवा दिने गरि सुविधा सम्पन्न गराईने प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सिन्धुली अस्पतालसँगै भक्तपुर अस्पताल र त्रिशुली अस्पताल पनि एकसय वेडको बनाईने भएको छ । यस्तै हेटौडा अस्पताललार्ई ३ सय शैयाको बनाईने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मंगलबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा सिन्धुलीका मरिण, सुनकोशी, कमला र रोशी नदीमा तटबन्ध गरिने प्याकेज कार्यक्रम ल्याईएको छ । ती नदिहरुबाट हुने भौतिक क्षतीलाई मध्येनजर गरि तटबन्धको कार्यक्रम ल्याईएको हो ।
यस्तै नीति तथा कार्यक्रममा यसै वर्ष बाग्मति प्रदेश स्तरको पुष्पलाल रिङरोडको निर्माण सम्पन्न गर्ने समेत उल्लेख गरेको छ ।





















