सिन्धुली । सिन्धुली अस्पतालले ५० जनाको थ्रोट स्वाव संकलन गरि प्रादेशिक अस्पताल हेटौडामा कोरोना परिक्षणका लागि पठाएको छ । एन्टीवडि पोजेटिभ आएका २७ जना र अन्य गरि अस्पतालले आरटिपिसिआर विधिबाट कोरोना परिक्षणका लागि मंगलबार स्वाव पठाइएको अस्पतालले जनाएको हो ।
सिन्धुली अस्पताल र कमलामाई नगरपालिका भित्र रहेको क्वारेन्टाईनमा सोमबार र मंगलबार गरिएको आरडिटी परिक्षणबाट एन्टीवडि पोजेटिभ आएका २७ जना र अन्यको गरि ५० जनाको स्वाव पठाईएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताएका छन ।
उनका अनुसार मंगलबार र बुधबार जिल्लाका कोरोना नियन्त्रणमा फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि, एम्बुलेन्स चालक, कर्मचारी तथा क्वारेन्टाईनमा राखिएका व्यक्तिहरु र अन्य नागरिकको समेत आरडिटी परिक्षण गरिएको थियो ।
केहि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, क्वारेन्टाईनमा बस्ने नागरिक, सामाजिक अभियन्ता तथा नागरिकमा समेत एन्टीवडि पोजेटिभ देखिएको थियो ।



















