सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फिक्कलले फिक्कल गाउँपालिकाको खाद्य बैंकमा खाद्यान्न सहयोग गरेको छ । नेकपा फिक्कलले ३ हजार किलो चामल सहयोग गरेको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताएकी छिन ।

उक्त चामल गाउँपालिकामा लकडाउनका कारण खाद्य संकटमा परेका असंगठित क्षेत्रका मजदुर तथा विपन्न वर्गलाई राहत स्वरुप उपलब्ध गराईने उपाध्यक्ष सुनुवारले बताईन ।
१४ सय ५३ परिवारलाई राहत
उक्त गाउँपालिकाले हालसम्म १ हजार ४ सय ५३ परिवारलाई राहत बाँडेको छ । खाद्य बैंकको स्थापना गरि लकडाउनका कारण खाद्य संकटमा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक, असहाय र विपन्न बर्गका लागि राहत वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सुनुवारले बताएकी छिन । उनका अनुसार पालिकाले ४३ हजार ५ सय ९०किलो चामल, १ हजार ५ सय ४ लिटर तेल, २ हजार ९ सय ६८ किलो नुन वितरण गरिएको सुनुवारले बताईन ।




















