सिन्धुली । मरिण गाउँपालिका वडा नं. ७ मा रहेको जनकल्याण माविको भवन भुकम्पले भत्काएपछि पुनःनिर्माणमा प¥यो । उक्त विद्यालयमा १ तले ४ कोठे भवन निर्माण सुरु भएपछि ट्रान्परेन्सी इन्टरनेशनल जिल्ला कार्यालयले उक्त भवनको निर्माणको अवस्थाको बारेमा अवलोकन ग¥यो । २०७४ चैत २५ गते गरिएको अवलोकनमा विद्यालयमा गुणस्तरीय सामान प्रयोग नगरिएको, स्टमेट अनुसारको काम नभएको, होर्डिङ बोर्ड नराखिएको पाएपछि उक्त संस्थाले भुकम्प पछिको पुनर्निमाण र पुनस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत निर्माण गर्ने निकाय, लगानीकर्ता, विद्यालयका अविभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिसँग छलफल ग¥यो ।

छलफल र अवलोकनमा सम्झौता मिति सकिन २ महिना बाँकी हुदा बिद्यालयको काम सुरु मात्र भएको, नधोइएको बालुवा प्रयोग गरिएको, निर्माण स्थलमा बिद्यालयको डिपीसि पश्चात पुरुवा माटो खुकुलो भएको, ईंटा प्युरिङ नगरेको र सबैले देख्ने ठाउँमा बजेट सहितको सूचना बोर्ड समेत नराखेको देखिएको थियो । टिआई नेपालका जिल्ला अधिकृत गंगा घिमिरेले पुनःनिर्माण र सदाचारका विषयमा छलफल चलाएपछि उक्त विद्यालय पुनःनिर्माणमा गुणस्तरीयता कायम भयो ।
उक्त विद्यालयको निर्माण सम्झौता २०७४ कातिणर््क ५ गते भएको र २०७५ असार मसान्तसम्म योजना सम्पन्न गर्ने मिति रहेको थियो । ६० लाख ३२ हजार बजेटको योजनाको निर्माण सुस्त गतिमा भएको र गुणस्तरमा कमी भएको भनि दिईएको सुझावपछि उक्त विद्यालय भवन निर्माणमा सुधार देखियो । समयमा काम सम्पन्न हुनुका साथै गुणस्तरीयता कायम भएको छ । भवन निर्माण अवधिमा अनुगमन तथा मुल्यांकन गर्न बनेको समिति र व्यवस्थापन समितिले नियमित अनुगमन गर्न चासो देखाएपछि समयमा काम सम्पन्न भएको छ । निर्माण स्थलमा होर्डिङबोर्ड राख्ने र सामानको गुणस्तरीयता समेत कायम भएको छ । कर्सरमा धोईएको वालुवाको प्रयोग, स्टमेट अनुसारको निर्माण सामग्रीको प्रयोग, होर्डिङबोर्ड देखिने गरि राख्ने लगाएतका काम हुनुका साथै समयमा भवन निर्माण सक्न सहयोग पुगेको टिआई नेपाल सिन्धुलीका जिल्ला अधिकृत गंगा घिमिरेले बताईन ।
यस्तै टिआई नेपाल जिल्ला कार्यालय सिन्धुलीले बिद्यालय तिनपाटन गाउँपालिका वडा नं ३ कोटगाउँको पाटनदेबि मा.बि. मा पनि पुनःनिर्माण हुदै गरेको बिद्यालयको अवलोकन गरेको थियो । अवलोकनका क्रममा बिद्यालयमा प्रयोग गरिएको झ्याल ढोका अत्यन्त कमजोर राखिएको, बजेट सहितको होडिङ बोर्ड समेत नराखिएको, बिद्यालयको फिनिसिङ राम्रो नसकिदै बजेटको अन्तिम किस्ता समेत निकासा भईसकेको, विद्यालय व्यवस्थापन समिती, वडा अध्यक्ष, स्थानीय समुदायले बिद्यालयको बजेटबारे केही थाहा नपाएको पाईएको थियो । जसको अवलोकनपछि त्यसमा केहि सुधार भएको पाईएको थियो । बजेट सार्वजनिक हुनुका साथै निर्माणका बारेमा अविभावकले थाहा पाउने अवसर पाएका थिए ।
यी प्रतिनिधिमूलक उदाहरण हुन । जिल्लामा बनेका सरकारी भवन, स्वास्थ्य चौकी भवन र विद्यालय भवनमा टिआई नेपालले गरेको अनुगमनले सदाचार कायम गरेको छ । सबै स्थानीय तहका पुननिर्माणका भवनहरुको अवलोकन गर्ने र स्टमेट अनुसार काम भए नभएको अनुगमन गर्ने, स्थानीय स्तरमा छलफल चलाउने, सार्वजनिक लेखापरिक्षण, सार्वजनिक सुनुवाई गर्ने लगाएतका काम टिआई नेपालले गर्दै आएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा हुने पुनर्निर्माण र पुनःस्थापना कार्यमा सदाचार प्रवद्र्धन गर्ने कार्य गर्दै आएको छ । यसै सन्दर्भमा स्थलगत निरिक्षण पश्चात देखिएका कमी कमजोरी र सुधार गर्नुपर्ने कुराहरु औल्याएर गुणस्तरीय निर्माणमा स्थानीय निकायको भूमिका, चासो र जिम्मेबारी बोध गराउने काम गरिरहेको घिमिरेले बताईन ।
यसै क्रममा चालु आर्थिक बर्षमा ज्ञानज्योती मा.बि. काउछे, जनजागृती मा.बि. भिमान, मरीणको आपचौर मा.बि, पञ्चकन्या मा.बि. कुडुले र सम्पदामा दुम्जाको कुसेश्वर मन्दिर आदीको निरीक्षण तथा अबलोकन गरी आबश्यक सल्लाह प्रदान गरिएको पनि उनले बताईन । पुनःनिर्माणको अवलोकनका क्रममा टिआईले जिल्लाका निर्माण सामग्री बेच्ने पसलहरुको समेत पटक पटक अनुगमन गरेको छ । अनुगमनका क्रममा गुणस्तरहिन सामान विक्री गरेको पाईएका पसलहरुलाई सुझाव दिईएको, बढी मुल्यमा सामान बेच्नेका लागि सुझाव दिईएको र त्यसमा समेत सुधार आएको पाइएको घिमिरेले बताएकी छिन ।




















