सिन्धुली । सिन्धुलीमा दु्रत परिक्षण किट्सको अभाव भएको छ । सिन्धुली अस्पतालमा आरडिटि किस्ट्स नभएपछि सप्तरिबाट आएका २० जना सडक निर्माणका मजदुरको आरडिटी परिक्षण नै नगरि होम क्वारेन्टाईनमा पठाईएको छ । प्रदेश सरकारले जिल्लामा पठाएको ६ सय आरडिटि किट्स सकिन थालेपछि परिक्षणमै समस्या भएको हो ।

उनले जिल्लामा हालसम्म ५५२ जनाको आरडिटि परिक्षण गरिएको बताएका छन । ११४ जना महिला र ४३८ जना पुरुषको आरडिटी परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको शाहले बताए ।
कोरोना संक्रमणका लागि जिल्लामा किट्सको अभाव हुन थाले पनि बाग्मति प्रदेश सरकार र केन्द्रीय सरकारले किट्स पठाउन नसकेको शाहले बताएका छन । उनका अनुसार स्वास्थ्य मन्त्रालयसँग नै किट्स नभएकाले किट्स आउन नसकेको हो । जसका कारण स्वास्थ्य परिक्षण समेत प्रभावित भएको छ ।





















