सिन्धुली । कोरोना भाइरस (कोभिड १९) प्रति कार्यको लागि सिन्धुलीका गैह्र सरकारी संस्थाले आइतबार जिल्ला विपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन । जिल्लाका ९ वटै स्थानीय तह, सिन्धुली अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरु, सुरक्षाकर्मी र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई प्रदान गर्ने गरी उनीहरुले सामग्री हस्तान्तरण गरेका हुन ।

कम्प्लीट पी.पी.ई. ७० थान, हेन्ड सेनिटाइजर ९० थान, डिस्पोजल ग्लोब्स ७ हजार ५ सय थान, सर्जिकल मास्क ७ हजार ५ सय थान र के.एन.९५ मास्क ९ सय थान लगायतका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको हो । ७ लाख ७१ हजार तेइस रुपैयाँ पचास पैसा बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।
प्लान इन्टरनेशनल नेपालका साझेदारी संस्थाहरु रिलिफ नेपाल, सामुदायिक विकास कार्यक्रम, हेण्ड्स नेपाल, नेपाल रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधिहरु र प्लान नेपालका प्रतिनिधि कमला लामाको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिएका छन ।
सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले विपद व्यवस्थापन समितिको बैठकको निर्णयबाट प्राप्त सामग्रीहरु प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल र अन्य स्वास्थ्य सेवा प्रदायक निकायहरुमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य केन्द्रमा पु¥याउने गरी वितरण गरिने बताए । पाण्डेले गाउँपालिका र नगरपालिका मार्फत सामग्री वितरण गरिने बताए । उनले विपद्का बेला कोरोना भाइरस बिरुद्ध सबै मिलेर सामना गर्नुपर्ने भन्दै कोरोना महामारीमा सहयोग पु¥याउने रेडक्रस, प्लान नेपाल र सबै संघसंस्थाहरुप्रति धन्यवाद समेत दिएका छन । स्वास्थ्य सामग्रीहरु जिल्लाका सबै स्थानीय तहहरुमा यथासक्य छिटो पु¥याउने व्यवस्था मिलाईने रेडक्रस सिन्धुलीका सभापति श्रेष्ठले बताए ।




















