
कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले कारागारका कैदी बन्दी र कर्मचारीहरुलाई २५० थान माक्स र सेनिटाईजर उपलब्ध गराएका हुन । नगर प्रमुख खत्रीले कारागारका समसामयीक समस्याका विषयमा समेत छलफल गरेका थिए ।
उक्त कार्यालयमा थुनुवा पुरुष १२५ र महिला ३ गरि १२८ जना र कैद तोकिएका ९८ जना पुरुष र २ जना महिला गरि १ सय जना गरि २२८ जना कैदी बन्दी रहेका छन ।




















