सिन्धुली । विहिबार राती घ्याङलेख गाउँपालिका १ मा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना घाईते भएका छन । बन्दुक पड्किदा ४८ वर्षीय राम बहादुर पाख्रिन घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताए ।
जगंल नजिकै बारीमा मकै खान आएको जंगली बदेल लखेट्न पाख्रिन तथा सोही ठाउँ बस्ने नुर भन्ने बुद्ध बहादुर बम्जन लगायत अन्य ४ जना भरुवा बन्दुक बोकेर गएका थिए । घाइते पाख्रिनलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे पठाईएको छ ।
बन्दुक बोकीसँगै बदेल लखेट्न गएका अन्यलाई भने पहरीले खोजी गरिरहेको प्रहरीले जनायो ।




















