• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

कोरोनाको कहरमा शिक्षाका कुरा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र २५, २०७६
in Education, Featured, Health, Opinion
0

Share via:

365 Shares
  • Facebook 365
  • Twitter
  • LinkedIn
  • More
प्रमोद तिमल्सिना

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरको कारण विश्वव्यापी माहामारिको रुप लिइरहेको परिवेशमा नेपाल पनि यसबाट अछुतो रहन सकेन । विश्वव्यापी रुपमा हाल सम्म १२ लाख जनतालाई यसको संक्रमण छ भने करिव २ लाख संक्रमित उपचार पछि निको भै सकेका छन् । करीव ६४ हजारले मृत्यु बरण गरिसकेका छन् । यो क्रम रोकिएको छैन अझै व्यापक हुने सम्भावना छ । विश्वव्यापी अवस्था हेर्दा लाग्छ अवस्था भयावह छ । आज सम्म नेपालमा ९ जनामा संक्रमित भएको तथ्यांक नेपाल सरकारले सार्वजनिक गरेको छ भने यसको सक्रमणलाई कम गर्न देश लाई लकडाउन गरिरहेको छ ।
यसको प्रभाव नफैलियोस भन्नका लागि तीन वटै सरकारले सम्भावित संक्रमित, भारत तथा विश्वका अन्य देशबाट आउने नेपालीको लागि सेल्फ क्यारेन्टीनको व्यवस्था गरि सकेको अवस्था छ । यसको प्रभाव चौतर्फी फैलिरहेको परिस्थितिमा देशको आर्थिक, सामाजिक, शैक्षिक, भौतिक, राजनीतिक, मनोवैज्ञानिक पक्षमा प्रभाव परिरहेको छ । देशको आर्थिक विकासको गति सिमित हुन सक्ने आकलन देशव्यापि रुपमा गरिरहेको छ भने आर्थिक मन्दीका कारण विकास निर्माणमा पर्न सक्ने प्रभाव थेगि नसक्नु छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि अहिलेको परिवेशमा सवभन्दा उत्तम उपाय घरमै सिमित हुने पारिवारिक बातावरण मनोरम बनाउने, सकारात्मक सन्देश परिवार तथा छर छिमेकमा प्रवाह गर्ने, नकारात्मक अफवाहको पछाडी नलागि सरकारको सुचना, निर्देशन र आदेशलाई अविलम्व पालन गर्ने नै उत्तम विकल्प हुनसक्छ ।
जनताको स्वास्थ्यमा प्रतिकुल अवस्था हुन नदिन दिनरात खट्ने स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राजनीतिक नेतृत्वलाई सम्मान गर्नु नै आजको आवश्यकता हो । कोरोनाको प्रकोप कम गर्ने कुनै उपचारात्मक पद्धतीको विकास आजसम्म पनि भइ नसकेको परिवेशमा जनताले सामाजिक र भौतिक दुरी कम गरि सहयोग गर्न सकेमा कर्तव्य पुरा हुने देखिन्छ ।
यस्तो विषम परिस्थितिमा शैक्षिक क्षेत्र पनि पूर्ण रुपमा ठप्प छ । लाखौं बालबालिका आफ्नो परिवारसँग घरमै बसिरहेका छन् । कोरोनाका कारण घरमै सिमित रहेका बालबालिका खास गरि रोगका कारण उत्पन्न हुन सक्ने कठीन परिस्थिती र विद्यालय जान नपाएका कारण उनीहरुको कलिलो मस्तिष्कमा मनोवैज्ञानिक असरहरु परिरहेको छ । परिवार विचमा बसिरहदा बालबालिकाले आफ्ना अभिभावकसँग विभिन्न सामग्रीको माग गर्ने, विभिन्न खालका जिज्ञासा राख्ने लगायतका काम पनि गरिरहेका होलान ।
अभिभावकले यसलाई कुनै झन्झटको रुपमा हैन अवसरको रुपमा लिई यसलाई समाधान गर्नुपर्ने समय आएको छ । विद्यालय पढाइमा निरन्तरता नभइरहदा घरमा नै आफ्ना बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्री, अतिरिक्त पाठ्य पुस्तकको व्यवस्थापन गरिनुका साथ साथै पारिवारिक बातावरणमा अध्ययन गर्ने सामाजिक अभ्यास, पारिवारिक वातावरण, नातागोता, समुदाय, सामाजिक सम्वन्ध, सरसफाई, व्यवहारिक ज्ञान प्रदान गर्न सकिन्छ यी विषय वस्तुको लागि कुनै पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक तथा कक्षा कोठा आवश्यक पर्दैन मात्र अभिभावकमा सकारात्मक जीवनशैली सहित आफ्नो दैनिकीमा केही सामान्य परिवर्तन आवश्यक पर्दछ ।
सम्पन्न, शिक्षित तथा शहरीकरण भएका परिवारमा विभिन्न खालका इन्टरनेट तथा सुचना र प्रविधिको पहँुच हुन सक्छ । यो लकडाउनको समयलाई परिवारले आफ्ना बालबालिकासँग नजिक हुदै विना दुरुपयोग प्रविधिको प्रयोग गरि मानव जातिले विश्व व्यापी रुपमा गरेको परिवर्तन, नवपर्वतन, विज्ञान, आविष्कार र प्रविधिसँग नजिक बनाउने थप प्रेरणा र ज्ञान प्रदान गर्नका लागि साथ सहयोग दिन सक्छन् ।
साथै पारिवारिक संरचना, खानाका परिकार तथा एक एर्का विचको सहयोगी भावना विकास गराउने अवसरको रुपमा विकास गराउन सकिने प्रशस्त सम्भावना छ । अर्कोतिर गाउँले परिवेशमा भएका परिवारले आफ्ना बालबालिकालाई अभिभावको सहयोगीको रुपमा घरायसी काममा सहभागिता गराउनका साथै विद्यालयका पाठ्य पुस्तक र अन्य सान्र्दभिक पुस्तकहरु आफुसँग भएसम्म व्यवस्थापन गर्न सो को व्यवस्थापन हुन नसके वरिपरि छर छिमेकमा उपलब्ध भएसम्म बालबालिकालाई उपलब्ध गराउन सकिन्छ । साहित्य, चित्रकलाका साथै आफ्नो परिवेशमा रहेका जिवजन्तु, बोटविरुवा, पानी, जमिन, मौसम, खाद्यान्न बाली, चाडपर्व, रितिरिवाज, सामाजिक संस्कार बारेमा जानकारी दिने यसको जीवनचक्र परिवर्तन निर्माण र सम्भावनाका बारेमा प्रशस्त जानकारी दिने अवसर हुन सक्छ । कतै कोरोना भाइरसको कारण घरमै सिमित रहेका बालबालिकालाई हामीले बोझको रुपमा लिइरहेका त छैनौ, उनीहरुको जिज्ञासा, माग र चञ्चले बालहठका कारण कुटपिट, पीडा र मानसिक रुपमा कमजोर बनाइरहेका त छैनौ । बालबालिकाको उमेर अनुसार सिक्ने क्षमता फरक हुन सक्छ, रुची फरक हुन सक्छ, सम्झन सक्ने वा वोध गर्न सक्ने क्षमता फरक हुन सक्छ यसलाई हामी सचेत अभिभावकले बुझ्न जरुरी छ ।
यो विदाको समयलाई सहि रुपमा सदुपयोग गर्न सक्छौ यसलाई अवसरका रुपमा प्रयोग गर्न सक्छौं । समय बलबान छ समयले सबैलाई पछि पारिरहेको अवस्थामा यो समयमा हामीले अनावश्यक टिका टिप्पणी गर्ने, अनावश्यक हल्लाको पछाडी लाग्ने भन्दा पनि सत्य तथ्य सहित बालबालिकालाई समय दिन सक्यौ, पारिवारिक वातावरण वनाउन सक्यो, बालबालिकाको मनोभावना बुझ्न सक्यौं र एक अर्कामा परिचित हुन सक्यौं भने पक्का पनी अहिले हामिले बालबालिका माथि गरेको लगानीले भविष्यमा प्रतिफल दिन सक्छ । यस कर्ममा शैक्षिक क्षेत्रका जानकारहरु, स्थानीय वुद्धिजीविहरु, स्थानीय जनप्रतिनिधि लगायत सबै सचेत नागरिक समाजको भूमिका हुन सक्छ । शैक्षिक क्षेत्रमा लामो अनुभव भएका शिक्षक, सचेत अभिभावकहरुले पनि आ आफ्नो क्षेत्रबाट विभिन्न संचारका माध्यमबाट पाठ्यपुस्तकलाई सिमित नराखी परिवार, समुदाय र समाज पढ्ने बातावरण तयार गर्न ढिला गर्नु हुदैन । शिक्षाका नीति निर्माता तथा जिम्मेवार निकायले आवश्यक प्रविधिको प्रयोग गरि शैक्षिक बातावरण तयार गर्न सकिन्न्छ । प्रविधि र सूचनाको पहुँच नभएका बालबालिकाको लागि अतिरिक्त शैक्षिका सामाग्रीको व्यवस्थापन गरी विद्यालय नियमित नभइरहेका बालबालिकालाई टेवा पु¥याउन सकिन्छ । शैक्षिक क्षेत्रमा चासो राख्ने स्थानीय तहले आफ्ना बालबालिकाको भविष्य निर्माणमा सहयोग पु¥याउने उपयुक्त समय यहि हो । विभिन्न माध्यमले बालबालिकासँगको सम्वन्ध र सहकार्यलाई अझ नजिक बनाउने सम्वन्ध विस्तार गर्ने कार्यलाई निरन्तरता दिऔं ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

पच्चिस सय माक्स पठाएको नगरपालिकाको दावी (अपिल सहित)

Next Post

कोभिड–१९ नियन्त्रण र उपचारका लागि वन महासंघद्धारा अस्पताल र नगरकोषमा सहयोग

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied