सिन्धुली । जिल्लाका दुई नगरपालिकाले चैत र बैशाख महिनाको सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउने भएका छन । कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले लकडाउनमा आर्थिक आय आर्जन नहुदा आर्थिक कठिनाई हुने र दैनिक जीविकामा समेत समस्यामा पर्ने भन्दै सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेका हुन ।

नगरपालिकामा ७ हजार ६२८ जना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन । भत्ता पाउने मध्ये ३ हजार २२९ जनाले औषधि उपचार भत्ता समेत पाउने नागरिक रहेको कमलामाई नगरपालिकाका सामाजिक शाखाका बविन्द्रलाल माझीले बताए ।
ती नागरिकलाई नगरपालिकाले २ महिनाको ३ करोड ६९ लाख २० हजार ४ सय रुपैंया सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छ ।
लक डाउनको कारणले आय आर्जनको काम हुन नसक्दा उत्पन्न आर्थिक कठिनाईलाई न्यून गर्न भत्ता वितरण गरिन लागेका कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताए । उनका अनुसार बैठकले सिन्धुली अस्पतालमा स्थापित आईसोलेसन सेन्टरमा काम गर्ने फ्रन्ट लाइनर चिकित्सक र स्वास्थ्यकर्मीलाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने समेत निर्णय गरेको छ । उक्त भत्ता कति कसरी र कति जनालाई दिने भन्ने तय भने सिन्धुली अस्पतालसँग बसेर परामर्श गरिने उनले बताए ।
यस्तै वडा स्तरमा राहत वितरण गर्नको लागि वडास्तरीय राहत ग्राह्य व्यक्तीहरुको नामावली वडाबाट नगर कार्यपालिका कार्यालयमा मिती २०७६ चैत्र २३ गते भित्र अनिवार्य पेश गर्न पनि बैठकले
दुधौली नगरपालिकाको शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका सबै सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई चैत र बैशाखको भत्ता वितरण गर्ने निर्णय गरेको हो । दुधौलीमा ५ हजार ७१५ जना सामाजिक सुरक्षा पाउने नागरिक रहेका छन भने २ महिनाको भत्ता वापत साढे २ करोड खर्च हुने दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताए ।
यस्तै बैठकले विपन्न वर्गको लगत संकलन गर्ने र राहत दिने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको मापदण्ड अनुसारको सुविधा दिने लगाएतका निर्णय समेत गरेको छ ।
बैठकले नगरपालिकाको १४ वटै वडामा विपन्न वर्गको लगत संकलन गर्ने र राहत वितरण गर्ने समेत निर्णय गरेको छ । जनप्रतिनिधिहरु मार्फत वडाका अतिविपन्नको लगत लिने नगरपालिकाका मेयर राउतले बताए । बैठकले नगरपालिकालाई चाहिने स्वास्थ्य सामग्रीहरु तत्काल खरिद गर्ने निर्णय समेत गरेको राउतले बताए ।




















