सिन्धुली । कमलामाई नगरपालिकाले शनिबार बजार क्षेत्रमा किटनाशक औषधि छिटेको छ । कोरोनाको संक्रमण बढी रहेका बेला नगर क्षेत्रका बजारमा किटनाशक विषादी छर्केको हो ।

नगरपालिकाले विषाणु मार्ने झोल ‘डिसइन्फेक्टेन्ट सोलुसन’ छर्किएको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन नगरपालिकाले जिल्ला सदरमुकाम स्थित मुख्य मुख्य बजार क्षेत्रमा ‘डिसइन्फेक्टेन्ट सोलुसन’को स्प्रे गरेको हो ।

सडक र सडक छेउछाउमा रहेका घरहरुका भित्तामा किटनाशक औषधी छरिएको उनले बताए ।
७० सय लिटर पानीलाई पुग्ने किटनाशक औषधि रहेकाले बजार क्षेत्रमा स्प्रे गरिएको मेयर खत्रीले बताए ।




















