सिन्धुलीका स्थानीय तहले कोरोना विरुद्ध लड्नका लागि तयारीलाई तिव्र बनाएका छन । सबै स्थानीय तहले नागरिकलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गर्नुका साथै आवश्यक सुरक्षात्मक सामग्री खरिद, क्वारेन्टाईन निर्माण तथा सम्भव भएसम्मको उपचारका लागि आइसोलेसन स्थापनाका काम अगाडि बढाएका छन ।
विशेषगरि कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, तिनपाटन गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले कोरोना विरुद्धको अभियानलाई तिव्रता दिएका हुन । अन्य स्थानीय तह
कमलामाई नगरपालिकामा ३९ वेडको क्वारेन्टाईन स्थापना गरिएको छ । क्वारेन्टाईनमा खानावस्नको व्यवस्थापनको जिम्मा पनि नगरपालिकाले लिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा १ हजार वेडको क्वारेन्टाईन निर्माणलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाले १४ वटै वडाका स्वास्थ्य संस्थालाई हाइअलर्टमा राखेको छ । ती स्वास्थ्य संस्थालाई पिपीई, ज्वरो नाप्ने मेसिन, स्प्रे मेसिन, माक्र्स, लगाएतका सामग्री उपलब्ध गराईरहेको छ ।

दुधौली नगरपालिकाले सबै वडामा वडाध्यक्ष सहित जनप्रतिनिधिहरु मार्फत गाउगाउँमा माक्र्स वितरण गरेको छ । साथै दुधौली र सिर्थौलीमा १०÷१० बेडको क्वारेन्टाइनको ब्यबस्थापन गरेको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा २ वेडको आइसोलेसन स्थापना गरेको छ ।
यस्तै मरिण गाउँपालिकाले सचेतनासँगै प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा २ वेडको आइसोलेसन तयार गरेको छ । यस्तै सबै स्वास्थ्य संस्थामा पिपीई सेट तथा अन्य उपचारात्मक सुरक्षाका सामग्री पु¥याएको छ । यस्तै ३ वेडको क्वारेन्टाईन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकाले स्वास्थ्य स्वयम सेविकालाई सचेतनाका लागि घर घरमा पठाएको छ । स्वास्थ्यकर्मीलाई हाइअलर्टमा राखेको छ । सबै स्वास्थ्य संस्थामा हेल्थ हेल्प डेक्स सञ्चालन गरेको छ ।
सुनकोशी गाउँपालिकाले आत्मीय अस्पताल सितलपाटीमा दुई वेडको आइसोलेसन स्थापना गरेको छ । मानिसको आवतजावत वढी हुने ठाउँमा हेल्थ डेक्स स्थापनाका साथै सचेतनाका कार्यक्रम गरेको छ । गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा पिपीई लगाएतका सुरक्षात्मक सामग्री उपलब्ध गराएको छ ।
तिनपाटन गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटार र प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा १२ वेडको आइसोलेसन तयार गरिएको छ भने उक्त स्वास्थ्य संस्थालाई हाई अलर्टमा राखेको छ । आइसोलेसनका रुपमा प्रयोग गर्नका लागि आपतकालिन बाहेकका सेवा बन्द गराईएको छ ।
ज्वरो रुघाखोकीका विरामीलाई उपचार गरे पनि अन्य सामान्य विरामीको उपचार नगरि घरमै बस्न सल्लाह दिईएको छ । गाउँपालिकाले चकमके र लाम्पानटारमा हेल्थ हेल्प डेक्स स्थापना गरेको छ । प्रचारात्मक काम गरिएको पनि गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मीलाई कार्यालयमा रहन अनुरोध गरेको छ ।
यस्तै गोलञ्जोर गाउँपालिकाले खुर्कोटमा २ वेड आइसोलेसन तयार गरिएको छ । ग्वालटारमा हेल्थ हेल्प डेक्स सञ्चालन गरेको छ । सबै स्वास्थ्य संस्थालाई पिपीई सेट सहितका सुरक्षात्मक सामग्री किन्न पठाईएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै हरिहरपुरगढी गाउँपालिकामा ५ वेडका क्वारेन्टाईन स्थापना गरेको छ भने प्रचारका काममा तिव्रता दिएको छ ।
सबै गाउँपालिका तथा नगरपालिकाले लकडाउनलाई सहयोग गर्न र होम क्वारेन्टाईनमा बस्न सबैलाई आग्रह गरेका छन भने जिल्ला तथा देश बाहिरबाट आएका सबैलाई क्वारेन्टाईनमा बस्न सुझाव दिएका छन ।
यता जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीले सबै स्थानीय तहलाई कम्तिमा ३ सय वेडको क्वारेन्टाईन तयार गर्न आग्रह गरेको छ । नगरपालिकाका होटलहरुमा ३ सय वेडको क्वारेन्टाईन र ५ वटा शैक्षिक संस्थामा ७ सय वेडको क्वारेन्टाईन स्थापना गर्ने निर्णय भएको छ ।
यस्तै मोडर्न एपोल अस्पताललाई आइसोलेसनका लागि १० वेड तयार गरिएको छ । सिन्धुली अस्पतालमा ३ वटा वेडको आइसोलेसन सञ्चालनमा ल्याईएको छ । सिन्धुली अस्पतालले नियमित इमर्जेन्सीलाई नियमितता दिदै फिवर इमर्जेन्सी सुरु गरेको छ ।



















