सिन्धुली । विश्वभर फैलिएको कोरोना भाईरस संक्रमण र जोखिम कम गर्नका लागि र उपचारका लागि आइसोलेसन वार्ड निर्माण गर्न सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सिन्धुली अस्पताललाई ५० हजार सहयोग गरेको छ ।

यसैबीच आईसोलेसन निर्माणका लागि कनपा ५ मधुटारका डविन्द्रजंग थापाले मंगलबार ५० हजार सहयोग गरेका थिए । उनले स्वर्गिय दाजु प्रमुख सेनानी कविन्द्रजंग थापाको सम्झनामा बुवा लाल बहादुर थापा र कान्छो वुवा दिलिपजंग थापामार्फत सहयोग गरेका हुन । अस्पताललाई ५ वेडको आइसोलेसन निर्माणका लागि उक्त रकम दिईएको हो । हाल सिन्धुली अस्पतालमा ३ वेडको आइसोलेसन सञ्चालनमा छ ।



















