सिन्धुली । सिन्धुली अस्पतालमा फिवर क्लिनिक सुरु भएको छ । आइतबारदेखि सिन्धुली अस्पताल प्रांगणमा टाँगिएको टेन्टमा अस्पतालले फिवर क्लिनिक सञ्चालनमा ल्याएको हो ।

माण्डवी संस्थाले शनिबार पिपीई सेट उपलब्ध भएपछि क्लिनिक सुरु गरिएको अस्पतालले जनाएको छ । क्लिनिकमा ज्वरो आएको, रूघा खोकी लागेको, घाँटी दुखेको, स्वास फेर्न समस्या भएका बिरामीको उपचार हुने सिन्धुली अस्पताल विकास समिति सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलले बताए ।




















