सिन्धुली । सिन्धुलीका नीजि विद्यालयको परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ । भने कमलामाई नगरपालिका भित्र चलिरहेको कक्षा ८ को परीक्षा एकै दिन ३ विषयको जाँच लिई सकिएको छ ।
कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै नेपाल सरकारले सबै विद्यालय, विश्वविद्यालय तथा परीक्षाहरु बन्द गर्न निर्देशन गरेपछि चलिरहेको कक्षा ८ को परीक्षा सहित नीजि विद्यालयको परीक्षा प्रभावित भएको हो । जिल्लाका ९ स्थानीय तहका सरकारी विद्यालयका परीक्षा र ८ स्थानीय तहको कक्षा ८ को परीक्षा भने यस अघि नै सकिई सकेको थियो ।
नगरपालिका भित्रका १०३ विद्यालयका विद्यार्थीहरुको विहिबार रहेको विज्ञान विषयको परीक्षा र शुक्रबार रहेको स्वास्थ्य र नैतिक विज्ञान (मोरल साईन्स) विषयको परीक्षा विहिबार नै लिईएको छ ।
यस्तै जिल्लाका नीजि विद्यालयहरुको ९ गतेसम्म अन्तिम परीक्षा भएकोमा २ दिनको परीक्षा स्थगित भएको छ । सरकारको सर्कुलेसन र विद्यार्थीमा सूचना पु¥याउन समस्या हुने भएकाले विहिबारको परीक्षा भने सञ्चालन गरिएको हो ।
स्थगित भएका परीक्षाहरु कोरोनाको संकट टरेपछि सञ्चालन हुने भएका छन । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख नेत्र गजुरेलका अनुसार शुक्रबारदेखि शैक्षिक संस्थाहरु खुल्ने छैनन । जसका लागि विद्यालयहरुमा ५ जना भन्दा बढी मानिस जम्मा गर्न समेत नपाईले गरि सूचना सम्पे्रषण गरिएको छ ।



















