• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोरोना व्यवस्थापनमा प्रदेश सरकारको तयारी, सिन्धुलीमा पाँच शैयाको भेन्टिलेटर सहितको आईसियु

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ६, २०७६
in Featured, Health, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीको पूर्व तयारी स्वरुप प्रदेश सरकारले सिन्धुलीमा पाँच शैयाको भेन्टिलेटर सहितको आईसियु निर्माण गर्ने भएको छ । बागमती प्रदेशको बिपद ब्यबस्थापन निर्देशक समितीले उक्त आईसियु बनाउने निर्णय गरेको हो । यस्तै सिन्धुली अस्पतालमा तीनवटा आईसियु निर्माणको निर्णय समेत बैठकले गरेको छ ।

यसअघि संघिय सरकारले एककरोड रुपैंया आईसियु निर्माणका लागि बजेट विनियोजन गरि पठाईसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए । उनका अनुसार संघिय सरकारको बजेटले २ शैयाको आईसियु निर्माण गर्न सकिन्छ ।
यस्तै प्रदेश सरकार मातहतका अस्पतालहरुमा फिभर क्लिनिक सञ्चालन गर्न बैठकले सबै अस्पतालहरुलाई निर्देशन गरेको छ भने बढी मानिस भिडभाड हुने स्थानहरु बसपार्क, मुख्य सडकका नाकाहरुमा हेल्थ हेल्प डेक्स सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
बाग्मति प्रदेशमा महामारी व्यवस्थापन गर्न बागमती प्रदेशको बिपद ब्यबस्थापन निर्देशक समितीले स्थान तथा बेड संख्या तोकको छ । सिन्धुली लगाएत वाग्मति प्रदेशका अस्पतालमा आईसियु, आइसोलेसन वार्ड र क्वारेन्टाईनको व्यवस्थाका लागि संख्या तथा स्थान तोकेको हो ।
विहिबार बसेको बैठकले हेटौँडाका विभिन्न स्थानमा ५ सय शैयाको क्वारेन्टाईन बनाउने निर्णय गरेको हो । जसमा हेटौँडा ऐकेडेमीमा २ सय शैया, हेटौँडा १० मा रहेको वन विज्ञान अध्ययन सस्थानमा १ सय शैया, गौरिटार खेलकुद एकेडेमीका १ सय शैया तथा कर्रामा रहेको शसस्त्र प्रहरी क्याम्पमा १ सय शैयाको क्वारेन्टाईन रहने छ ।
बैठकले हेटौँडा अस्पतालमा एक सय शैया सहित प्रदेशको सबै जिल्लाको सरकारी अस्पतालमा आईसुलेट कक्षा तथा आईसियु कक्षा निर्माण गर्ने निर्णय गरेको छ । कोरोनाको महामारी फैलिएपछि निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बैठक बसि उक्त निर्णय गरेको हो ।
यस्तै कोभिड १९ नियन्त्रणका लागि विभिन्न समिति गठन गर्ने समेत बैठकले निर्णय गरेकोे छ । जसमा आन्तरिक मामिला तथा कानून मन्त्री संयोजक रहने गरि प्रदेश स्तरीय कोरोना नियन्त्रण समिति, सामाजिक विकास मन्त्री संयोजक रहने गरि स्वास्थ्य व्यवस्थापन समिति, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री संयोजक रहने गरि बजार अनुगमन उच्च स्तरीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।
यस्तै कोभिड १९ बाट संक्रमण भई उपचार गर्नु पर्ने बिरामीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूबाट उपचार व्यवस्था मिलाउनका लागि प्रदेश सरकारले आवश्यक समन्वय तथा व्यवस्थापन गर्ने भएको छ ।
आइसोलेट वार्ड र आईसियु कहाँ कति ?
बैठकले हेटौंडा अस्पतालमा एकसय, भक्तपुर अस्पतालमा ५, सिन्धुपाल्चोक अस्पतालमा ५, रसुवा अस्पतालमा ४, नुवाकोट अस्पतालमा ५, धादिङ अस्पतालमा ५, रामेछाप अस्पतालमा २, सिन्धुली अस्पतालमा ३, चितवन(भरतपुर) अस्पतालमा ५०, जिरी÷मेथीनकोट÷बगौडा÷बकुलहर अस्पतालमा ५० शैयाको आइसोलेट वार्ड निर्माण गरिने छ ।
त्यस्तै हेटौंडा अस्पतालमा १०, भक्तपुर अस्पतालमा ५, सिन्धुली अस्पतालमा ५, चितवन(भरतपुर) अस्पतालमा २०, जिरी÷मेथीनकोट÷बगौडा÷बकुलहर अस्पतालमा १०, निजी अस्पताल(मेडिकल कलेजहरूमा) १०० शैयाको भेन्टिलेटर सहितको आईसियु निर्माण गरिने छ ।
यस्तै बैठकले आवश्यक पर्ने पिपिई, औजार उपकरण र बन्दोबस्तका सामग्रीहरूको विवरण र लागत इस्टिमेट गरी सोको व्यवस्थापनको लागि संघीय सरकारलाई अनुरोध गर्ने र अन्य आवश्यक सामग्रीहरू प्रदेश सरकारले व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ ।
यस्तै जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार सम्बन्धित स्थानीय तहसँग समन्वय गरि परिचालन गर्ने र प्रदेशबाट स्थानीय तहका विद्यालयमा खटिएका विद्यालय नर्सलाई सम्बन्धित जिल्लाका अस्पतालहरूमा आवश्यकता अनुसार काजमा खटाउने पनि निर्णय भएको छ ।
यस्तै अत्यावश्यक सेवामा कार्यरत रहेका सरकारी वा सार्वजनिक क्षेत्रमा कार्यरत जनशक्तिलाई बिदा वा काज नछोड्ने भएको छ ।
कोरोना भाइरस व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयलाई छ करोड माग भएका बखत आर्थिक मामिला तथा योजना मन्त्रालयबाट उपलब्ध गराउने निर्णय समेत भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाणिज्य बैंकको २९ औं एक्स्टेन्सन काउण्टर, जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सेवा सुरु

Next Post

नीजि विद्यालयको अन्तिम परीक्षा स्थगित, आठ कक्षाको परीक्षा : एकै दिन तीन विषय

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied