सिन्धुली । राष्ट्रिय एकता, योगको सार्थकता भन्ने मूल नाराका सिन्धुलीमा पनि योग दिवस मनाईएको छ । योग सप्ताहको अवसरमा विहिबार सिन्धुलीमाढीमा ¥यालीको आयोजना गरिएको हो । ¥यालीले बजार परिक्रमा गरि योग साधना केन्द्रमा पुगि औपचारिक कार्यक्रमको आयोजना गरिएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले योग मन र शरिर जोड्ने माध्यम भएको बताए । उनले योगले मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले दिनमा केहि समय योगका लागि दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै योग प्रशिक्षक प्रेमचन्द्र दाहालले योग र व्यवस्थित खानपानले मानिसकलाई स्वस्थ बनाउने बताए । उनले योगलाई जीवनको अभिन्न अंगका रुपमा लिन आवश्यक रहेको बताए ।
कार्यक्रममा पतञ्जली योग साधना केन्द्रका अध्यक्ष राम बहादुर हायुले योग साधना केन्द्र र हाल सिन्धुलीमा योगका क्षेत्रमा भएका कामको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा केन्द्रका सचिव चित्र बहादुर लुंगेली मगरले योग साधनाका बारेमा जानकारी गराएका थिए । सिन्धुलीमा हाल ६ वटा योग साधना केन्द्रहरु रहेका छन ।



















