• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, May 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुस्त नीजि आवास पुनःनिर्माण, करिब नौ अर्व खर्च, ५७ प्रतिशत प्रगति

बिमला पाण्डे by बिमला पाण्डे
पुस २, २०७६
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १० को सानोगाउँका सबै घर लाभग्राही सूचिमा छन । ३० घर रहेको उक्त गाउँमा हालसम्म घर बनाउने सुरसार छैन । भुकम्पपछि हालसम्म भत्किएर लाभग्राही सूचीमा परेका तिनै घरमा यहाँका बासिन्दा बसिरहेका छन । सबै परिवारले नीजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता ५० हजार रुपियाँ अनुदान लिएको पनि दुई वर्ष बढी नै भईसकेको छ ।
दलित समुदायको बाहुल्यता रहेको यो गाँउमा अधिकांश परिवारको आयस्रोत ज्याला मजदुरी हो । उनीहरू ऐलानी जग्गामा बसोबास गर्दै आएका छन । ज्याला मजदुरी गरेको कमाईले खान लाउन पनि धौ धौ हुने र ३ लाख अनुदानले घर नबन्ने भएपछि यहाँका बासिन्दाले घर नबनाएको स्थानीय शुक्रबहादुर दर्नालले बताए । उनका अनुसार ‘केहि समय अघि पानीको समेत समस्या भएका कारण घर बनाउन समस्या थियो अहिले भने त्यो समस्या समाधान भएको छ ।’

जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार सिन्धुली र कमलामाई नगरपालिकाले खानेपानी ट्यांकी निर्माण गरी २०७६ साउदेखि सबैको घर–घरमा पानी त पुग्यो तर घर बनेका छैनन ।
यो एउटा उदाहरण मात्र हो । सिन्धुलीमा नीजि आवास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढेको छैन । सरकारले नीजि आवासको लाभग्राही कायम हुने अन्तिम मिति २०७६ पुस मसान्त र अन्तिम किस्ता लिने मिति २०७७ असार मसान्त तोकी सकेको भए पनि जिल्लामा ५७ दशमलब ६ प्रतिशत मात्र पुननिर्माणको काम भएको छ ।
पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार सिन्धुलीको तथ्यांक अनुसार हालसम्म जिल्लामा पुननिर्माण तर्फ २१ हजार १ सय ८१ लाभग्राहीले घर बनाएर तेस्रो किस्ता लिएका छन । ३८ हजार ६४ जना लाभग्राही सूचिमा रहेको जिल्लामा ३७ हजार १ सय २३ जनाले अनुदान सम्झौता गरेका थिए भने ३६ हजार ३ सय ३८ जनाले पहिलो किस्ता लिएका थिए । हालसम्म सिन्धुलीमा २९ हजार ५ सय २८ जनाले दोस्रो किस्ता लिएका छन ।
किन देखिएन प्रगति ?
– सिन्धुली जिल्लाको नीजि आवास निर्माणमा प्रगति खासै देखिएको छैन । जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त आयोजना प्रमुख सूर्य प्रकाश विष्टका अनुसार जिल्लामा १५ सय जनाले पुनःनिर्माण सुरु हुनभन्दा अघि नै घर बनाई सकेका छन । जुन पुनःनिर्माणको तथ्यांकमा समेटिएको छैन । इन्जिनियरले परिक्षण गरेपछि मात्र उनीहरुलाई अन्तिम किस्ता लिनेछन ।
– एकहजार लाभग्राही ऐलानीमा बसोबास गरेका तर जोखिमयुक्त ठाउँ विशेष गरि कमला र मरिण नदिको बगरमा जग्गाको लालपूर्जा भएकाको बारेमा निर्णय नभएकाले पनि भुकम्प पीडितले घर बनाउन पाएका छैनन । उनीहरुका बारेमा भौगोलिक अध्ययन गरि पुननिर्माण प्राधिकरणले निर्णय गरेपछि उनीहरुको समस्या समाधान हुने भएको छ र पुनःनिर्माणले केहि गति लिने छ ।
– भूमिहिन २ हजार ३ सय ८० लाभग्राहीको समस्या प्राधिकरणको समस्या समाधान समितिले टुंग्याएको छ । उनीहरु अब पुननिर्माणको चरणमा गएका छन । उनीहरुले समयमा पुननिर्माणको काम गर्न नपाएकाले प्रगतिमा अंक थपिएको छैन ।
– जिल्लाको पुनःनिर्माणमा प्रवलीकरण पनि समस्या बनेको छ । प्रवलीकरणको काम शुन्य अवस्थामा छ ।
– केहि लाभग्राहीहरु सम्झौता नै गर्न आएका छैनन । यसरी सम्झौता नगर्नेमा पुनः निर्माण तर्फ ९ सय ४१ र प्रवलीकरणतर्फ ३ हजार १९ ले सम्झौता नै गरेनन । सम्झौता गरेकामध्ये पनि पुनः निर्माणतर्फ ७ सय ८५ जना लाभग्राहीले अनुदानको पहिलो किस्ता नै लिएका छैनन । यसले पनि पुनःनिर्माणको प्रगति कम देखिएको छ ।
प्रवलीकरणको प्रगति शुन्य
नीजि आवास मर्मत (प्रवलीकरण) तर्फको प्रगति सिन्धुलीमा शुन्य छ । प्रवलीकरणमा परेका १४ हजार २ सय ७ नीजि आवासमध्ये ११ हजार १८८ जनाले सम्झौता गरि पहिलो किस्ता ५० हजार लगिसकेका छन । ती मध्ये एकजनाले पनि घर मर्मत गरि अन्तिम किस्ता नलगेको निमित्त आयोजना प्रमुख विष्टले बताए । उनका अनुसार प्रवलिकरणको ज्ञान नै नभएका कारणले गर्दा प्रगति हुन नसकेको हो । ‘प्राविधिकहरुले नै भर्खरै बुझेर फिल्डमा गएकाका छन, उनीहरुले लाभग्राहीलाई बुझाएपछि मात्रै यसको प्रगति हुन्छ’ विष्टले भने ।
जोखिम वर्गको प्रगति न्युन
जोखिमयुक्त बस्ती, भूमिहिन र जोखिम वर्गको लाभग्राहीको पुननिर्माण प्रगति पनि कमी देखिएको छ । प्राधिकरणले जिल्लामा पहिचान गरेका ७० वर्ष माथिका जेष्ठ नागरिक, ६५ वर्ष माथिका एकल महिला, अपांगता भएका लाभग्राही, १६ वर्ष मुनीका बालबालिका रहेका लाभग्राहीमा ६७५ जना छन । ती लाभग्राहीलाई थप ५० हजार अनुदान दिनुपर्नेमा आयोजनाले दिएको छैन । नेपाल रेडक्रस सोसाईटीले १९, स्वीस कन्ट्याकले ७५ जना र मर्सी कोरले ११२ जना गरि २०६ जनालाई थप अनुदान दिएको भए पनि अन्यले सो अनुदान समेत पाएका छैनन ।
त्यस्ता जोखिम वर्गमध्ये ३ सय ४३ जनाले पुननिर्माण सकेर तेस्रो किस्ता लगिसकेका छन भने ४ सय ३६ जनाले दोस्रो किस्ता लगेका छन । त्यस्तै जोखिमयुक्त वस्तीका ८ परिवारमध्ये ६ जनाले जग्गा खरिदका लागि २ लाख थप अनुदान लिएका छन भने ३ जनाले तेस्रो किस्ता लिईसकेका छन । यता १६ जना भूमिहिन सूचिकृत भएकामध्ये ५ जनाले मात्र जग्गा खरिदको प्रक्रियामा गएका छन ।

करिब नौ अर्व खर्च
सिन्धुली जिल्लाको नीजि आवास पुनःनिर्माणमा हालसम्म करिब नौ अर्व खर्च भईसकेको छ । हालसम्म पुनःनिर्माण तर्फ ८ अर्व ३६ करोड ४२ लाख रुपैंया पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार सिन्धुलीले भुक्तानी गरिसकेको छ । यस्तै प्रवलीकरणतर्फ ५५ करोड ९४ लाख रुपैंया भुक्तानी भईसकेको छ । दुवै तर्फ पहिलो दोस्रो र तेस्रो किस्ता भुक्तानीको तथ्यांक हेर्दा ८ अर्व ३६ करोड ४२ लाख भुक्तानी लाभग्राहीलाई गरिसकिएको विष्टले बताए ।
विष्टले प्राधिकरणले दिएको समयसिमा ०७७ असार मसान्तसम्म ९० प्रतिशत काम सकिने विश्वास आयोजना ईकाईले लिएको बताए । सिन्धुलीको नीजि आवास पुनःनिर्माणमा देखिएका धेरै समस्याहरु समाधान हुदै गएकाले ९० प्रतिशत प्रगति हुने विश्वास लिए १० प्रतिशत पुनःनिर्माण नहुने पनि उनले बताए । उनले सम्झौता गर्न नआएका, भाका नाघेका र घर बनाउन नचाहाने लाभग्राहीलाई रकम फिर्ता गर्न अनुरोध समेत गरिएको बताए ।
पुनःनिर्माणमा जवाफदेहिताको सवालमा काम गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल जिल्ला कार्यालय सिन्धुलीले सार्वजनिक सुनवाई गर्ने, गुनासो संकलन गर्ने र सरोकारवालालाई झक्झकाउने काम गरिरहेको छ । यसरी झकझकाउँदा पनि पुनःनिर्माण तिव्र गतिमा हुन नसकेको जिल्ला अधिकृत गंगा घिमिरेले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

प्रदेश सरकारको बजेट खर्चमा स्थानीय तहको ढिलाई

Next Post

घरेलु हिंसा पीडितका प्रेरणा : ‘बाध्यता र मेहनतले सफल बनेका उद्यमी’

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied