सिन्धुली । सरोवर सिन्धुलीले सिन्धुलीमाढीमा निशुल्क कपडा वितरण अभियान सूरु गरेको छ । विपन्न व्यक्तिहरुलाई मध्येनगर गर्दै सरोवरले कपडा वितरण सुरु गरेको जनाएको छ । केहीदिन देखि देशैभर चिसो बढेको छ ।
चिसो बढेसँगै सिन्धुलीमा पनि बाक्लो हुस्सु र कुहिरो लाग्न सुुरु भएको छ । जो सँग कपडा किन्ने पैसा छैन उनीहरुलाई यो चिसोले अवश्य पनि अप्ठ्यारो नबनाओस भन्ने उद्देश्यले यस्तो अभिवान सुरु गरेको अभियन्ताहरुले बताएका छन ।
पहिलो दिन शनिवार २० जनाले आफुलाई ठिक हुने कपडा लगेको पनि अभियानले जनाएको छ । जाडोले कोही पनि कठ्यांग्रीनु नपरोस् भनेर यो अभियान चलाएको सरोवर सिन्धुलीका अध्यक्ष वरुण लामिछानेले बताए । अभियान प्रत्येक शनिबार सिन्धुलीको हाटबजार लाग्ने ठाउँमा संचालन गरिनेछ । जाडो मौसम सुरु भएकाले पनि यो अभियान प्रभावकारी हुने उनले बताए ।





















