सिन्धुली/कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा लगाएतको टोलीले दुना टपरी बनाउने तालिमको अनुगमन गरेका छन । महिला नमुना उद्यम विकास परियोजना अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ११ को जरायोटारमा सञ्चालित १० दिने तालिमको अनुगमन गरिएको हो ।
अनुगमनमा कमलामाई नगरपालिका वडा नं. ११ का अध्यक्ष राम बहादुर थिङ, नगरपालिकाका सामाजिक शाखाका बविन्द्रलाल माझी, महिला विकास शाखाका अधिकृत इन्दिरा थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डे लगाएतको सहभागिता रहेको थियो ।
महिला नमुना उद्यम विकास परियोजना अन्तर्गत सञ्चालित तालिमको निरिक्षण गरिएको हो । उक्त तालिममा २५ जना महिलाले तालिम लिईरहेका छन । जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) को आयोजना तथा कमलामाई नगरपालिका र युएनडिपीको सहयोगमा महिलाहरुलाई तालिम दिईएको हो ।
उक्त तालिमबाट २० जना नमुना उद्यमी उत्पादन गर्ने लक्ष्य लिईएको छ । तालिमको सहजीकरण माधव मैनालीले गरेका छन ।





















