बुद्ध नेपाली
सिन्धुली/ सिन्धुलीको सुनकोशी गाउपालिका –४ स्थित सिद्ध माध्यमिक विद्यालय कोटगाउँको नवनिर्मित ८ कोठे भुकम्प प्रतिरोधी भवन उद्घाटन गरिएको छ । एक करोड ५६ लाख लागतमा निर्माण सम्पन्न भएको विद्यालय भवन सोमवार एक कार्यक्रमका विच सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले उद्घाटन गरेकी हुन् ।

सिद्ध मावि २०७२ साल बैशाख १२,१३ र २९ को विनासकारी भुकम्पले ध्वस्त भएको थियो । भुकम्प पछि अस्थायी सिकाई केन्द्रमा कस्टका साथ पठन पाठन गर्दै आएका शिक्षक, विद्यार्थी अहिले नयाँ सुविधि सम्पन्न भुकम्प प्रतिरोधात्मक क्षमता भएको भवन पाए पछि खुसी भएका छन् ।
विद्यालय भवनको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले गाउपालिकाको शिक्षा क्षेत्रको विकासमा गाउपालिका लागी रहेको बताईन् । उनले सिद्ध माविको घेराबेराका लागी गाउपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । उद्घाटन कार्यक्रममा सुनकोशी गाउपालिकाका उपाध्यक्ष दिर्वसिँङ मोक्तान, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।




















