सिन्धुली । सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटवल प्रतियोगिताको दोस्रो शनिवार दिन २ खेल सम्पन्न भएका छन । कमलामाई नगरपालिका ९ भिमानमा भईरहेको फुटवल प्रतियोगितामा शनिबार विहान भएको खेलमा दुधौली एकता क्लब दुधौली र दिउँसो भएको खेलमा एफसि सिमरा विजयी भएका हुन ।

यस्तै दिउँसो भएको खेलमा एफसी सिमराले न्यु स्टार रामेछापसँग प्रतिस्पर्धा गरेको थियो । एफसीले न्यु स्टारलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको थियो । नकआउट खुला प्रतियोगिताको तेस्रो दिन पनि २ खेल हुने तालिका रहेको आयोजक भिमान युवा क्लबका सचिव दिनेश न्यौपानेले बताएका छन ।




















