सिन्धुली । कमलामाई नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम असार ९ गते र बजेट असार १० गते सार्वजनिक ह्ुने भएको छ । शनिबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि नगरपालिकाका मेयर खड्ग खत्रीले आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा जानकारी गराएका छन ।

नीति तथा कार्यक्रम सार्वजनिक हुनुपूर्व गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई पनि उच्च प्राथमिकतामा राखेर कार्यक्रम बनाएको जानकारी दिए । नगरपालिकामा पर्यटक भित्राउन पर्यटन विकासका कार्यक्रम पनि अगाडि सारिएको उनले जानकारी दिए ।
खत्रीका अनुसार उद्यमशिलतालाई पनि नगरको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा परेको छ । ‘घरेलु र लघु उद्यमलाई यो वर्षको बजेटमा प्राथमिकतामा राखिएको छ’ उनले भने, ‘नगरवासीलाई आर्थिक उपार्जनसँग जोड्न र विशेषगरि महिला उद्यमशिलताको विकास गर्न यो योजना ल्याईएको हो ।’
यस्तै उनले यो वर्षको नीति तथा कार्यक्रमबाट पास गरेर नगरका सबै वडाका कामकाज अनलाईन सिस्टमबाट गर्ने योजना नगरपालिकाले अघि सारेको उनले बताए । उक्त योजना भने साउन २ गतेदेखि सुरु गर्ने गरि तयारी गरिरहेको खत्रीले बताए ।



















