सिन्धुली । बालबालिका सहित कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा स्थापना गरिएको स्तनपान कक्ष प्रभावकारी बन्दै गएको छ । साना बालबालिकालाई दुध खुवाउनका लागि सहज बनाउनले लक्ष्य सहित स्थापना गरिएको उक्त कक्षबाट दैनिक जसो ७, ८ जना महिला तथा बालबालिकाले लाभ लिन थालेको सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बताईन ।
सेवा लिन आउने महिलाहरुले बालबालिका लिएर आउँदा दुध खुवाउने, बालबालिका सुताउने ठाउँ नहुँदा दिनभर घाम, पानी वा बाहिरै बस्नुपर्ने बाध्यतालाई मध्येनजर गरि प्रशासनल कार्यालयले नयाँ भवनमा स्तनपान कक्ष निर्माण गरेको हो ।
सहायक प्रजिअ प्रसाईका अनुसार उक्त कक्ष निर्माण गरेपछि बच्चा हुने महिला कर्मचारीलाई पनि यसले सहज बनाउने छ । उक्त कक्षमा बस्ने कुर्सि, सोभा र बालबालिका खेल्नका लागि म्याटको व्यवस्था गरिएको छ । बालबालिकाहरुलाई खेलौनाहरुको व्यवस्था गरी कक्षलाई व्यवस्थित गरिने पनि उनले बताइन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यहि जेठ महिनादेखि नयाँ भवनबाट सेवा दिन थालेको हो । प्रशासन बाहेक सिन्धुलीमा रहेका कुनै पनि सरकारी कार्यालयहरुमा यो सुविधा छैन ।






















