सिन्धुली । फिक्कल गाउँपालिका सूचना प्रविधि सेवा केन्द्र स्थापनाको लागि छनौट भएको छ । नेपाल दुरसंचार प्राधिकरणको ग्रामिण संचार परियोजना अन्तर्गत १२४ वटा स्थानीय तहमा फिक्कल गाउँपालिका छनौट भएको हो ।
सूचना प्रविधिको छनौटपछि गाउँपालिकामा सूचना प्रविधिको विकासमा सहजता हुने गाउँपालिकाले जनाएको छ । उक्त केन्द्र सूचना प्रविधिसँग सम्बन्धित खोज तथा तालिम संचाालन तथा कार्यालय व्यवस्थापनको लागि प्रयोग हुनेछन् ।
नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा उक्त केन्द्रको स्थापना गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताईन । यसरी छनौटमा परेका गाउँपालिकालाई कम्तिमा २५ लाख बराबरको सूचना प्रविधि अनुदान पाउने छन । जसमा इमेल इन्टरनेट सहितको सुविधा रहने छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले यहि जेठ १७ गते छनौटमा परेका स्थानीय तहको रिजल्ट प्रकाशित गरेको थियो ।
छनौट भएका स्थानीय तहहरुले १५ दिन भित्र प्राधिकरणमा सिधै वा ईमेल वा फ्याक्स वा आधिकारिक व्यक्ति (स्थानीय तहको प्रमुख वा उपप्रमुख) को मोबाइलबाट एसएमएस गरी सम्पर्क गर्नुपर्ने गरि सूचना जारी गरेको छ ।




















