सिन्धुली । नेपाल पत्रकार महासंघ केन्द्रको आह्वानमा मिडिया काउन्सिल विद्येयकको विरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पत्रकारहरुले सञ्चार सामग्री सहित प्रदर्शन गरेका छन ।
नेपाल पत्रकार महासंघ सिन्धुलीको आयोजनामा भएको प्रदर्शनमा महासंघका कार्य समिति, सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु, पत्रकार महासंघका पूर्व तथा वर्तमान पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।
मिडिया काउन्सिल विद्येयकका प्रेस विरोधी बुदाँहरुको खारेजी गरि प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शन पछि कार्यक्रमको समापन गर्दै महासंघका सिन्धुली शाखा अध्यक्ष राजन कार्कीले विद्येयकमा रहेका प्रेस विरोधी प्रावधान हटाई छलफल र परामर्शबाट विद्येयक पास गर्न सरकारसँग माग गरे ।




















