सिन्धुली / तीनपाटन गाउँपालिका–७ तोश्रामखोलामा बुधबार दिउँसो आगलागी हुँदा पाँच घर र २ गोठ जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । स्थानीय हित बहादुर श्रेष्ठको गोठमा गाई वस्तुलाई खोले बकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीेले जनाएको छ ।
आगोलागीबाट करिब ४४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रवहादुर सिंहले बताए ।
गोठबाट सल्किएको आगोले तीनपाटन गाउपालिका–७ तोश्रामखोला भञ्ज्याङका ज्ञान बहादुर सार्की, टिका बहादुर सार्की, हित बहादुर श्रेष्ठ र टेक बहादुर सार्कीको घर पुर्ण रुपमा जलेर नष्ट भएको सिंहले बताए ।
आगोलागीका कारण ज्ञान बहादुर सार्कीको खरले छाएको २ तल्ले कच्चि घर, घरभित्र रहेको अन्नपात, भाँडावर्तन र लत्ताकपडा गरी जम्मा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यस्तै टिका बहादुर सार्कीको १ तल्ले कच्चि घर, किराना पसल र नगद २ लाख, भाँडा, लत्ताकपडा किराना पसलमा रहेको सम्पुर्ण सामान लगायत गरि करिब .१५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
यस्तै हित बहादुर श्रेष्ठको जस्ताले छाएको २ वटा २ तल्ले कच्चि घर र २ वटा खरले छाएको गोठ पुर्ण रुपमा जलेको छ । उनको घरमा रहेको २ तोला सुन, १ लाख ७५ हजार नगद, १ वटा बाख्रा, २ वटा पाठा र ५ वडा कुखुरा गरी अन्दाजी २२ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी उपरिक्षक सिंहले बताए । त्यसैगरि टेक बहादुर सार्कीको खरले छाएको २ तल्ले कच्चि घर र घर भित्र रहेको लत्ता कपडा अन्नपात, भाडावर्तन गरी अन्दाजी २ लाख बराबरको क्षति भएको उनले बताए । आगो प्रहरी, स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिएको उनको भनाई छ ।




















