सिन्धुली/बिरामीहरूको रगतमा भएको खराबी पत्ता लगाउने तथा मुटु कलेजो मृगौला प्यांक्रियाज र सुगर जस्ता समस्या अब जिल्ला अस्पतालमै सहजै पत्ता लाग्ने भएको छ । जिल्ला अस्पतालले शुक्रबार उक्त समस्या पत्ता लगाउने मेसिन एनलाईजर पाएपछि जिल्ला बासीले सुविधा पाउने भएका हुन ।
केयर नेपाल र सहकार्य नेपालले शुक्रबार उक्त मेसिन जिल्ला अस्पताल सिन्धुलीलाई उपलब्ध गराएपछि विरामीहरुलाई यस्ता समस्या पत्ता लगाउन जिल्ला बाहिर जान नपर्ने भएको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए ।
पोखरेलले प्राप्त एनलाइजर मेसिनले सिन्धुली अस्पतालको सेवाको प्रभावकारितामा थप इट्टा थप्ने बताए । जीएसकेको ६ लाख ५० हजार लगानीमा उक्त मेसिन सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले हस्तान्तरण गरेका थिए ।




















