सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–७ मा रहेको क्यानेश्वर स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु भएको छ । ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यो सेवा सुरु गरिएको हरिहरपुरगढी गाउँपालिकाले जनाएको छ ।
प्लान नेपालको सहयोग, ह्याण्ड्स नेपालको साझेदारीमा हरिहरपुरगढी गाउँपालिकाले उक्त सेवा सुरु गरेको हो । भिडियो एक्सरेको सुभारम्भ गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले गरे ।
चार लाख रुपियाँको लगानीमा एक्सरे मेसिन स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ । एक्सरे सेवा सुरु भएकै दिनसात जनाले सेवा लिएको क्यानेश्वर स्वास्थ्य चौकीका प्रमुख खेमराज खनालले बताए ।



















