सिन्धुली/‘एचआईभिको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने मूल नाराका साथ शनिबार विश्व एड्स दिवस मनाईएको छ । सिन्धुलीमा दिवसका अवसरमा ¥यालीको आयोजना गरिएको छ । कमलामाई नगरपालिका कार्यालय सिन्धुलीको आयोजना तथा सिन्धुली प्लस सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा ¥याली निकालिएको हो ।
‘सिन्धुली जिल्लाको साझा प्रतिवद्धता : एचआईभि संक्रमण, न्युनिकरण र उपचारको लागि सर्वपक्षिय सहभागिता’ भन्ने जिल्ला स्तरीय नाराका साथ ¥याली आयोजना गरिएको हो । कमलामाई नगरपालिकाको अगाडिबाट सुरु भएको ¥यालीले माढी बजार परिक्रमा गरि नगरपालिका अगाडिको तिनकुनेमा आई समापन भएको थियो । ¥यालीमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मीहरु, पत्रकारहरु लगाएतको सहभागिता रहेको थियो । ¥याली कार्यक्रमको समापनमा सिन्धुली अस्पतालका डा. आलन अमात्यले एचआईभि जाँच गरि आफ्नो अवस्था पत्ता लगाउन र नियमित उपचारका लागि आह्वान गरे । उनले एचआईभि संक्रमितलाई माया र उपचारमा प्रेरित गर्न सबैलाई आह्वान समेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिका सिन्धुलीका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीले एचआईभि समस्या सबैको साझा समस्याका रुपमा लिन आग्रह गरे । उनले एचआईभिका बारेमा गाउँगाउँमा सचेतना फैलाउन आवश्यक रहेको औंल्याउँदै सबै सरोकारवालासँग समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।




















